RABINDRA RIJAL: मुटुले यस्तरी हान्छ !

मुटुले यस्तरी हान्छ !

Tuesday, July 26, 2011 under by RRijal 6 Comments

मुटुले यस्तरी हान्छ छातीको पहरो,
मानौँ,
कालिगण्डकीको तिरमा,
शालिग्राम खोज्नेले,
ढुङ्गा फोर्दा,
बनौँ का लालिगुराँस हल्लिन थाल्छन्,
र,
फुट्छ यौटा अर्को चेतनाको सहस्रधारा,
म त्यस्तै अनुभवले हुर्केको छु।
तिमी पनि,
नदिको सुस्केरा झैँ
केहि भन्नु सुशेलिमा,
र,
मुटुले त्यस्तरी हानोस् छातीको पहरो !
soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato

6 Responses to "मुटुले यस्तरी हान्छ !"

  1. सबिन एकतारे said, on July 26, 2011 7:50 AM

    के भन्नु र होइ? तिम्रो पहरा फुटाउने गरी

    वाह भन्छु है !!

  2. Jotare Dhaiba said, on July 26, 2011 12:09 PM

    त्यो छातीलाई 'कठैबरा भन्छु' र यो कल्पनाशीलतालाई 'गजब' ! 

  3. Prakash Prasain said, on July 27, 2011 1:07 PM

    आहा...कस्तो मिठो सुनियो...:)

  4. Chaitanya Adhikari said, on July 28, 2011 4:42 AM

    लौ, अब एउटा जाँच्ने मीटर राख्नुपर्ने भो छातिमा ! गजब भाव !

  5. Shanta Jhankri said, on August 27, 2011 9:18 AM

    मुटुले नि हेप्न थाल्यो है...।

  6. Sita Bohara said, on November 21, 2011 9:22 AM

    म सोध्छु

    के तिमि मुटु सम्हाल्न

    भौंतारिएका थियौ र?

    कालीगण्डकीको तिरमा ?

    शायद ,

    शालिग्राम फोर्नेले

    तिम्रो मुटु छामेन पक्कै

    तेसैले त

    हल्लियो नि तिम्रो मुटु

    लाली गुराँसको गौरव नै बिर्सेर /

    धन्न तिमि

    तिम्रो साथ् दिने

    सुस्केरा तिमि संगै रहेछ

    नत्र

    छातीको पहरो के हो र

    बज्रन्छ के भो र ?



    सीता सुबेदी (बोहरा) "प्रकृति"

Leave a Reply

Your feedback ?