RABINDRA RIJAL: गजल (कहाली लागेको छ)

गजल (कहाली लागेको छ)

Tuesday, July 12, 2011 under by RRijal 3 Comments

एउटा फूलको देशमा, पाली लागेको छ,
शीत नछोई झर्ला भन्ने, कहाली लागेको छ।

डील डील छ अमृत टप्प, खस्दैन एक थोपा,
पहरामा फुलेको छ माथी, आली लागेको छ।

गर्जिन्छ मात्र आकाश, छेड्दैन कालो बादल,
सबै कर्णहरूको अञ्जुली, खाली लागेको छ।

अब छैन आशको त्यान्द्रो, सुकाइदे, फुकाइदे,
भन्दा नटेर्ने जरा जरा नै, जाली लागेको छ।

3 Responses to "गजल (कहाली लागेको छ)"

  1. sunil said, on July 13, 2011 7:10 AM

    k ho dost sahi cha sahi cha 

  2. Prakash Prasain said, on July 14, 2011 4:58 AM

    Babaal chha babaal...:)

  3. Chaitanya Adhikari said, on July 25, 2011 8:22 AM

    मिठो गयो यसपाली पनि !

Leave a Reply

Your feedback ?