RABINDRA RIJAL: गजल (आँसिको छाप छ)

गजल (आँसिको छाप छ)

Thursday, June 30, 2011 under by RRijal 4 Comments

image: nagariknews.com
हातमा बिउ छातीमा आँसीको छाप छ,
मनमा लालच मुखमा सेवाकै आलाप छ।

झ्याल खोलेर भन्छ गुण्डागर्दि मुर्दावाद,
अचानो सुम्सुम्याउनेको कम्मरमा दाप छ।

"हो संविधान जनताकै हो, तर छोड् न ए!,
मेरै पालोमा लेख्छु", क्या हान्थाप छ।

हलिलाई मंसिरे धानको के ताकेता,
हिलो जति भो त्यति नै फलिफाप छ।

एकै हलका तिन गोरू, तिन तिर तान्छन्,
सबै भन्छन् बाँकि दुईको पो मनमा पाप छ।


4 Responses to "गजल (आँसिको छाप छ)"

  1. Maheshsagarkhanal said, on June 30, 2011 5:19 AM

    हलिलाई मंसिरे धानको के ताकेता,

    हिलो जति भो त्यति नै फलिफाप छ।superb. excellent. keep it up.

  2. Aakar said, on June 30, 2011 5:22 AM

    दिलिप दाइले ट्विटर मा भन्दै हुनुहुन्थ्यो : "देश संकट झेल्दै ! प्रधानमन्त्री हिलो खेल्दै !" :D

  3. prakash samir said, on June 30, 2011 1:00 PM

    तात्तातो ताजा  गजल राम्रो लाग्यो । नेताहरुको यस्तो पारा देख्दा चैं भन्न मन लाग्छ "सबै काम छोडि पुच्छर मुनी हात"

  4. Chaitanya Adhikari said, on July 9, 2011 10:21 AM

    प्रहार राम्रैसंग गयो !

Leave a Reply

Your feedback ?