RABINDRA RIJAL: गजल (मनैमन डाकियो)

गजल (मनैमन डाकियो)

Tuesday, June 7, 2011 under by RRijal 5 Comments

खोला नदि हुँदै दुरी सागरमा नापियो,
जति टाढा भयौ उति मनैमन डाकियो

सेतीको सुसेली सुन्दै, हाँस्छ हिमाल कतै,
यता आफ्नै प्रतिध्वनि खोजेरै थाकियो।

छिनछिनका गनगन हरू सङ्लिए छालिए,
गुनासो सबै पराई जस्तै हाँसेरै ढाकियो।

लेख्नु पत्र, शब्द-दुरीले बढ्छ माया भन्थ्यो,
हेर आफ्नै पासोमा रविन्द्र क्या जाकियो।

फेसबुकमा प्रतिकृया शेर पठाउने बैनि अनिता नेपाल लाई धन्यवाद:

के भनौँ र साथ छोडी सागर तर्नेलाई,
बिकल्प स्वरुप आँखाका आँशु पोल्टोमा थापियो।
र,
नबोलेरै पछुताउनेआँधि हुरी लिई आउने .... प्रिय गजल गायिका निरा रानाभाट लाई पनि:

टाढा हुने थाहा थिएन समयको खेल ।
बाचा कसम पुरा गर्न देवीदेवता भाकियो ।
love, prem, nepali gazal, seti river, distance,

soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato

5 Responses to "गजल (मनैमन डाकियो)"

  1. prakash samir said, on June 7, 2011 2:41 PM

    गजल बिधामा म पनि सिकारु नै हुँ तर रबिन्द्रजीको प्रकृतिलाई छोएर लेखिएको यी पङ्क्तीहरुले मन छोयो.......
    "सेतीको सुसेली सुन्दै, हाँस्छ हिमाल कतै,

    यता आफ्नै प्रतिध्वनि खोजेरै थाकियो।"Read more: http://www.rabindrarijal.com/2011/06/nepali-gazal-manaiman-daakiyo.html#ixzz1OaqftNuA

  2. prakash samir said, on June 7, 2011 2:43 PM

    गजल बिधामा म पनि सिकारु नै हुँ तर रबिन्द्रजीको प्रकृतिलाई छोएर लेखिएको यी पङ्क्तीहरुले मन छोयो......

    "सेतीको सुसेली सुन्दै, हाँस्छ हिमाल कतै,
    यता आफ्नै प्रतिध्वनि खोजेरै थाकियो।"

  3. Krishna Thapa said, on June 7, 2011 2:47 PM

    मिठो गजल र मिठो प्रतिक्रिया ।

  4. Narayan Karmacharya said, on June 8, 2011 7:37 AM

    anita g lai mero dherai dherai dhanyabad?

  5. Chaitanya Adhikari said, on June 8, 2011 2:24 PM

    गजल मीठो लाग्यो I

Leave a Reply

Your feedback ?