RABINDRA RIJAL: कविता (नेपाली ब्लग वरिपरी)

कविता (नेपाली ब्लग वरिपरी)

Wednesday, June 29, 2011 under by RRijal 20 Comments

त्यो दिन म घामपानीका कुरा खोतल्दै थिएँ,
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
म र मेरा भावना हरू छताछुल्ल भएका थिए।
त्यतै कतै प्रकृतिको आँगन माझ
मन पोखिएको कुनो निर
आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
एउटा वृत्त - सम्वृद्द
 आकार दिन खोज्दै थिएँ ।
कलियुगका कुरालाई,
कनिकुथीको साहित्यले झड्कार्दै,
शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ,
मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
एक चोटी पढ्नै पर्ने, लेख्नै पर्ने
कुनै कथालु खसखसले उक्साईरहेको थियो, फेरी सोचेँ
साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
तै पनि छैमलेको बबुरो
पाँचथरे साईँलो का अभिव्यक्ति सँग बहकिँदा,
जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
कुनै घायलका तरही मुसायरा जस्तै,
मेरा यात्राका सुस्केराहरू,
डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
प्रतिबिम्बित हुँदै,
पानीफोटोमा टिल्पिलाउँदै थिए, मानौँ -
कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ।
यस्तो समय र परिवेशमा,
म जस्तो भाते चोरलाई
साईबर चौतरीका गफगाफ,
प्रदिप, अर्चना, सुशिल, अञ्जली,
प्रवेस वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
नेपाली ब्लगर र xnepali का गन्थन पढ्दैमा,
दुर्जेय चेतना प्राप्त भो भनेर,
भो न-कुरा गरम्,
किनकी म बुझ्छु,
घर आँगन छोडेर,
बाईरोडको बाटोमा निस्केपछि
आँफु सडकका अभिलेखको पात्र भईन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
र यो?
यो त फगत् युटोपिया को खोजिमा हिँडेको यात्राको,
एउटा अन्त्यहिन सुरुवात हो।


soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato

20 Responses to "कविता (नेपाली ब्लग वरिपरी)"

  1. Dilip Acharya said, on June 10, 2011 3:36 AM

    दामी ! दामी!!
    उत्कृष्ट लागेको कुरा के भने यत्रो विधि ब्लगका नामहरू कवितामा पङ्क्तिबद्ध गर्दा पनि कविताको आफ्नो 'धार' छुटेको छैन र त्यसमा आफ्नै रस छ । हाइपर लिन्क हटाएर सर्रर पढ्ने हो भने कविता 'पूर्ण कविता' छ ।

    वाह !

  2. Manjaree2000 said, on June 10, 2011 6:12 AM

    दम्म्मी छ :)

  3. Manjaree2000 said, on June 10, 2011 6:13 AM

    दाम्मी छ :)

  4. Anbika Giri said, on June 10, 2011 7:41 AM

    Gajjab :) 

  5. webg0ru said, on June 10, 2011 7:49 AM

    बढो गजबको लागो तपाईको पोष्ट ! यो खालको 'कबितात्मक क्षमता" धेरै कम सँग हुन्छ भन्ने मेरो मान्यता हो ! बधाई छ र शुभकामना पनि ;)

  6. Jotare Dhaiba said, on June 10, 2011 10:28 AM

    वाह !
    नेपाली ब्लगको एक मेहेरो सूची त यसैलाई मान्दा हुने भयो ।
    नामको ओइरो लगाउँदा पनि कविताले बाटो बिराएको छैन । 
    गजबको प्रयोग !

  7. Blogger Dai said, on June 10, 2011 11:06 AM

    Great. I was stunned to see the flow!

  8. Krishna Thapa said, on June 10, 2011 12:05 PM

    यस्तै यस्तै नयाँ प्रयोगको खोजिले गर्दा होला, रविन्द्रजीको ब्लग पोष्ट केही पृथक र नौलो र रसिलो लागिरहन्छ मलाइ । माथि दिलिपजी ले भन्नु भए झैं हैपर लिंक हटाउँदा पनी कविता मिठो छ । जय होस् । 

  9. prakash samir said, on June 10, 2011 2:12 PM

      
     वाह्  वाह् वाह् रबिन्द्रजी " एक मट्याङ्राले दुइ'टा चरा खुत्रुक्कै! लिंकहरु सङ्रहणीय त छँदै छन् कबिता पनी त्यतिकै मिठो लाग्यो। 

  10. Alankar Aryal Atreya said, on June 10, 2011 5:04 PM

    ब्लगका शिर्षकहरुसंग कविताको प्रवाह अनवरत भएकोले सुनमा सुघन्ध थपिएको छ ! कविताको शैली सार्है राम्रो, सार्है गज्जब लाग्यो !

  11. Jitendra Malla said, on June 11, 2011 6:42 AM

    यस्तो हो CREATIVE MIND भनेको । सलाम छ बिरादर तिम्रो कारीगरिलाई । :)

  12. झटारो काइँला said, on June 11, 2011 11:51 PM

    कविता होस् त यस्तो होस, कि दुनिया छक्क परोस । रबिन्द्रमात्र होइन कविन्द्र पनि हुनु हुदो रैछ तपाइँ त । 

  13. Chaitanya said, on June 13, 2011 2:13 PM

    सम्झनेलाई सलाम छ,  कविता धुमधाम छ | संसारै अटाएर फेरी सलल नदी जस्तै बग्ने  कविता किर्तिमान छ | 

  14. Friendycalls said, on June 14, 2011 9:06 AM

    हा हा हा,..... प्रतिभा होस् त यस्तो !! रचना आफ्नो बनोस, उपयोग सबै होउन..... लेखक खुशी, पाठक झनै बढी खुशी !! :D वा वा..... कुनै जवाफ नै छैन ! :)) 

  15. 75PZA said, on June 14, 2011 9:19 AM

    kudos! great work

  16. Prabesh Poudel said, on June 14, 2011 5:55 PM

    साह्रै गजबको लेख्नुभएछ !!!

  17. Sano sansar said, on June 14, 2011 6:52 PM

    A Great creation of Blogger Lover.....

  18. BhumikaG said, on June 17, 2011 12:39 PM

    great one rabindra ji. interesting and fresh. i have shared it at nepal blogs.

    http://bhumikasa.wordpress.com/नेपाली-पन्ना/rabindra-rijalकविता-नेपाली-ब्लग-वरिपर/

  19. manish thapa said, on June 22, 2011 7:05 PM

    haina ho esto creation chai kasari garna sakeko hou..  eso idea pamna.. kada lagyo..

  20. Dinesh Raj Gyawali said, on August 27, 2011 7:17 PM

    क्या गजबै लेख्यौ नि बाइ ।

Leave a Reply

Your feedback ?