RABINDRA RIJAL: Nepali Dance Competition In Amsterdam [Pictures / Vidoes]

Nepali Dance Competition In Amsterdam [Pictures / Vidoes]

Tuesday, May 17, 2011 under , , by RRijal 2 Comments

"कार्यक्रमको भूमिका र प्रत्यक्ष प्रसारण का केहि झलक हरू"
गत साता मे ८ तारिखका दिन "राष्ट्रिय एकता नेपाल नेदरल्याण्ड - National Unity Nepal Netherlands (NUN-NL)" ले आयोजना गरेको "यूरोप स्तरिय नेपाली एकल नृत्य प्रतियोगिता" नेदरल्याण्डको आमस्टर्डाम Amsterdam शहरमा भव्यताका साथ सम्पन्न भयो। कार्यक्रममा जर्मनी, स्पेन, पोर्चुगल, बेल्जियम लगायतका ७ विभिन्न देशमा छरिएर रहेका नेपाली कला का अनुरागी र पारखीहरूले लोक तथा आधुनिक विधामा गरी लगभग ४० विभिन्न साजसज्जाका नृत्य प्रस्तुत गरेका थिए । विदेशमा रहेर पनि नेपाल र नेपालीको मौलिकताको पहिचान झल्काउने सो कार्यक्रममा विभिन्न देशका राजदुत लगायत केहि स्थानिय दर्शकहरूको उपस्थिति थियो। कार्यक्रममा बेल्जियम-नेदरल्याण्ड- लक्जम्बर्ग BENELUX का महामहिम राजदुत श्रि प्रमेश कुमार हमाल लगायत स्थानिय संघ संस्थाका पदाधिकारीहरूले आ-आफ्नो मन्त्वय दिनु भएको थियो। विभिन्न पेशा र परिस्थितिले नेपालकै हरेक भुभाग बाट विभिन्न जातिय र सांस्कृतिक झाँकि बोकेर विदेशमा एकै भएर मितव्ययिताका साथ नेपालीहरूको अनेकतामा एकता झल्काउन यस्ता कार्यक्रमहरुले धेरै प्रोत्साहन गर्ने अभिव्यक्तिका साथ शुरूमा स्वागत नृत्यबाट कार्यक्रमको थालनी भएको थियो।

त्यस बाहेक यसै वर्ष सबै भन्दा कम उमेरमा चेसमास्टरको उपाधि जितेर राष्ट्रिय कृतिमान हासिल गरेका नेपाली मूलका चेसमास्टर अनिस गिरी लाई प्रमाणपत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो।

१५ वर्षको उमेरमा नै रसिया र नेदर्ल्याण्डको चेसमास्टर को उपाधि विजेता अनिस नेपाली बाबु डा. सञ्जय गिरी र रसियन आमा ओल्गा गिरिका सुपुत्र हुन्। उनको जन्म सन् १९९४ मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको हो। उनको अन्तर्वार्ता यहाँ पढ्नु सक्नुहुनेछ। ChessVibes Interview with Chessmaster Anish Giri


आधुनिक र लोक दुवै विधामा सबै प्रस्तुतिहरू सबल रहेका थिए। नृत्यका विभिन्न बुँदा हरूलाई आधार मानेर ३ उत्कृष्ट नर्तक/नर्तकि छान्न निर्णायक मण्डलिलाई हम्मे हम्मे परेको थियो। अन्तत: प्रतियोगितामा निम्न ३ सहभागी हरूले उत्कृष्ट स्थान हासिल गर्नुभयो:

प्रथम : रोजि कार्कि (नेदरल्याण्ड)
द्वितिय: मनिषा गौतम (जर्मनी)
तृतिय: समिरा बरुवाल (नेदरल्याण्ड) र सोफिया महर्जन (बेल्जियम)

सम्पूर्ण सहभागी, विजेता र कार्यक्रममा उपस्थित भएर सफल बनाइदिनुहुने आगन्तुक, कार्यक्रम आयोजक NUN-NL का मित्रहरूलाई हार्दिक कृतज्ञता ।

तस्विरको लागी मित्र गौरव पौडेल लाई धन्यवाद !


अनिष गिरी लाई परिचित गराउँदै NUN-NL अध्यक्ष फणिन्द्र पन्त

फणिन्द्र पन्त, अनिष गिरी, डा. सञ्जय गिरी

Mr. PG Sherpa/ President NRN-Belgium

Mr. Padam Gurung/President ENAA


H.E. Ambassador to Germany, Mr. Suresh Prasad Pradhan

बेनेलक्स राजदुत श्री प्रमेश कुमार हमाल

GS Kharel / Prakash Timilsina

कार्यक्रम संयोजक: पुष्प बरुवाल

निशा सापकोटा/
रोजि कार्कि



पश्चिम कोही पुर्व घर, आँगन तर यौटै हो
निर्णायक मण्डलि:
मदन केसि - कमला दाहाल - रेणु थापा

अलिशा गुरुङ / फ्रान्स : म प्यार बेचिदिन्छु

:माझि दाई पोखरा फेवातालको

दिक्षा शर्मा / बेल्जियम: परेलिमा आई बसेछ

जेनि गुरुङ् / बेल्जियम : घान्द्रुक कि ठिटि म

जेनि गुरुङ/ बेल्जियम


निकिता उपाध्याय/ फ्रान्स

डाईभर दाइ मन पर्यो मलाई

समिरा बरुवाल/नेदरल्याण्ड : यतिको मर्द भेटिएन कोई

समिरा बरुवाल
रोजि कार्कि
सरिता गैरे/नेदरल्याण्ड
शोफिया महर्जन
म प्यार बेचिदिन्छु
यति धेरै मान्छे हरूको भिडमा (रिमिक्स)

अलिशा गुरुङ : आज फेरी दिन बित्यो 

कहाँ हो कहाँ जिवनको किनारा


लोक नृत्य भिडियो:


अर्को भिडियो:



कार्यक्रमको सम्पूर्ण भाग:



2 Responses to "Nepali Dance Competition In Amsterdam [Pictures / Vidoes]"

  1. Krishna Thapa said, on May 17, 2011 1:37 PM

     पुरष्कृत सबैलाई हार्दिक बधाईका साथै विदेशमा यो मनमोहक नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने आयोजक तथा भाग लिने सबै नेपाली दाजुभाई तथा त्यसको जानकारी दिने रविन्द्रजी  सबैलाई हार्दिक साधुवाद !पुरष्कृत सबैलाई हार्दिक बधाईका साथै विदेशमा यो मनमोहक नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने आयोजक तथा भाग लिने सबै नेपाली दाजुभाई तथा त्यसको जानकारी दिने रविन्द्रजी  सबैलाई हार्दिक साधुवाद !

  2. Sapkota_surendra2009 said, on May 17, 2011 9:07 PM

     Interview yaha padna sakincha bhanera deko link ma photo matra cha ni kina hola,

Leave a Reply

Your feedback ?