RABINDRA RIJAL: गजल (असर)

गजल (असर)

Wednesday, May 25, 2011 under , , by RRijal 3 Comments


सोचको सुनामी, भावको पहिरो,
आउने दिनको, छ असर गहिरो।

रहर वायु चढ्ने, विचार भुईँ खोज्ने,
भोग्ने त भन्छन्, हट्छ यो कुहिरो।

भन्छन् लेखेकै हुन्छ, त्यो भाग्य लेख्ने
कहाँ छ मसी, कहाँ छ सुईरो ?

एक चिम्टि रङ्गले, कोरुँला म बाटो,
हजारौँ स्वप्नको, लर्केला ओइरो।

soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato

3 Responses to "गजल (असर)"

  1. Sweetfriends68 said, on May 25, 2011 9:57 AM

    Nice one...a bit different gazal....

  2. jhataro said, on May 25, 2011 8:46 PM

    बब्बाल भाव बोकेको गज़ल तर दोश्रो र तेश्रो शेरका
    मिश्रा ए सानी अलि असहज छन लयबिधान अनुसार ।

  3. Rabindra said, on May 26, 2011 6:04 AM

    तपाइँको आँकलन सहि हो। काफियाको बारेमा धेरै छलफल भैसक्यो। सबैका विचार देख्दा म भने यत्तिको चल्छ भन्नेमा पुगेको छु। भावको एकरुपता र काफियाको प्रशस्ति रहँदालाई तपाइँको कुरा मनन गर्ने भएँ ।

Leave a Reply

Your feedback ?