गजल - रामचन्द्र कार्की (फिर्ता गर सांसद)
म्याद किन थप्ने अब भत्ता फिर्ता गर सांसद,घाँस दिन्छौँ पानी दिन्छौँ चउरमा चर सांसद ।
जनताको पसिना र रगतको धारो पियौ,
सात पुस्ता पुग्ने खाछौ लाग्नु पर्ने डर सांसद ।
न त फर्क्यौ गाँउ घर बेमेलको नौटङ्की भो,
अब भोट छैन तिम्लाइ हेलिएर मर सांसद ।
सत्ता सराप बिदेश भ्रमण व्हिस्की बियरमा,
सिनो सरी गनाका छौ अल्ली पर सर सांसद ।
रामचन्द्र कार्की
आँपपिपल - ४ राईगाँऊ
गोरखा
हाल : रानीपौवा , पोखरा



0 Responses to "गजल - रामचन्द्र कार्की (फिर्ता गर सांसद)"
Leave a Reply
Your feedback ?