गजल (सपना कति कति)
![]() |
| eso-garden.com/Google |
सबै आश प्याऽस हुन्छन्, तेर्सिन्छन् सपना कति कति।
मिलन बिछोड हर्ष शोक, आउँछन् चक्रमा गनि गनि,
यौटै वृक्ष सहन्छ चौमास, फेरिन्छन् गहना कति कति ।
शत्रु मित्र पराई आफन्त, एउटै पात्र अनेकौँ चरित्र,
हेर्ने आँखा मात्र दुई, देखिन्छन् लहना कति कति।
दैत्य हुन्छ संहार गर्छ कतै, चढ्छन् उपहार भेटी
आजै हुन्छ सखा प्रकृति, भेटिन्छन् बहाना कति कति।
शिखरमा पुग्छ मान्छे, बिर्सिन्छ मुलको स्वाद फेदीको,
हर एक प्राप्ती सँगै, उम्रिन्छन् तिर्सना कति कति।



" शिखरमा पुग्छ मान्छे, बिर्सिन्छ मुलको स्वाद फेदीको,
हर एक प्राप्ती सँगै, उम्रिन्छन् तिर्सना कति कति ।"साच्ची एक दम सहि कुरा ...हर एक प्राप्ति सँगै मानिसका तिर्सना बढिनै रहेको हुन्छ - रविन्द्र जी !