RABINDRA RIJAL: गजल (लाग्छ केहि खास हुन्छ)

गजल (लाग्छ केहि खास हुन्छ)

Monday, May 9, 2011 under by RRijal 2 Comments

Image: blogs.dickinson.edu
वर्षातमा भेट्दा सँधै लाग्छ केहि खास हुन्छ,
टुट्छ बाँध उत्रिन्छ मोति यस्तै यस्तै आभाष हुन्छ।

फेर्छ कथा फिरफिरेले, जोड गर्छ बतासले,
केहि छोप्न केहि रोक्न खोजे जस्तै आकाश हुन्छ।

मौन ओँठ चञ्चल आँखा, फेर्छ ताल परेलीले,
मानौँ यौटा रहस्यको आजै पर्दाफास हुन्छ।

एकै बोलि पर हुन्छ, आँट हिम्मत सबै जुट्छ,
तर फेरी यो दुर्दशा आओस् भन्ने आश हुन्छ।

टर्छ अर्को मनोदशा, फर्कि भन्छ पछ्यौरीले,
भो रविन्द्र धेरै नसोच् हाम्रो सँगै बास हुन्छ।

2 Responses to "गजल (लाग्छ केहि खास हुन्छ)"

  1. Gyawali dinesh raj said, on May 9, 2011 7:33 AM

    @rabndra गज्जप गयो नि हौ मौन ओँठ चञ्चल आँखा, फेर्छ ताल परेलीले,

    मानौँ यौटा रहस्यको आजै पर्दाफास हुन्छ।




    Read more:
    http://www.rabindrarijal.com/2011/05/blog-post.html#ixzz1LpXWFUMS

  2. Krishna Thapa said, on May 13, 2011 10:16 PM

     र त साच्चै भन्न मन लाग्छ रविन्द्रजीको गज़लमा केही खास छ ।र त साच्चै भन्न मन लाग्छ रविन्द्रजीको गज़लमा केही खास छ ।

Leave a Reply

Your feedback ?