RABINDRA RIJAL: को सँग म हाँस्ने सानु (गजल)

को सँग म हाँस्ने सानु (गजल)

Wednesday, April 27, 2011 under by RRijal 4 Comments

को सँग म हाँस्ने सानु, को सँग पो रिसाउने,
तिमी नै छौ जे परे नी, मनको भारी बिसाउने ।

दुखे आँशु नुनिला रे, हाँसे आँशु गुलिया रे,
रुवाउँदै हसाउँने, आँशु को स्वाद मिसाउने।

भावनाको खडेरीमा, फुट्दा अनि चर्कँदा म,
प्यासी मनका गरा गरा, श्पर्सले भिजाउने।

पीर व्यथा भुलाउने, मीठा सपना देखाउने,
त्यहि यौटा काख तिम्रो, शिर राखि निदाउने।

को सँग म हाँस्ने सानु .........

4 Responses to "को सँग म हाँस्ने सानु (गजल)"

  1. Manjaree2000 said, on April 27, 2011 9:20 AM

    मैले कहिले नाई होइन भने र भन्लिन होइ ऐले. :)) मलाई असाध्दै मुन परेको जानकारी गराएँ है :)

  2. Rabindra said, on April 27, 2011 12:45 PM

    धन्यवाद! कहिले काहिँ यसै पनि भन्न मन लाग्ने :)

  3. D DUS JI said, on April 27, 2011 4:37 PM

    त्यहि यौटा काख तिम्रो, शिर राखि निदाउने।
    धेरै मन पर्यो

  4. Bcas_karki said, on April 28, 2011 7:52 AM

    एकदम राम्रो छ

Leave a Reply

Your feedback ?